एनपिएलको टिकटको तनावमा पारस, लेखे ‘कृपया फोन नगर्नुस्’
काठमाडौँ : क्रिकेट एसोसिएसन अफ नेपालका सचिव पारस खड्काले एनपिएलको उद्घाटन खेलको टिकटका लागि फोन नगर्न आग्रह गर्दै टिकट नपाए जहाँ रहेको हो त्यहीँबाट खेल हेर्न आग्रह गरे।
उनले पहिलो म्याचका टिकट र भिआइपी पासहरू सबै सीमित पूर्वाधारका कारण सकिएको भन्दै सबैलाई समन्वय गर्न अनुरोध गरे। शनिवारको खेलको लागि टिकट नभएकाले टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट खेल हेर्न उनले आग्रह गरे।
'कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नुहुन हार्दिक अनुरोध गर्दछौँ' उनले सामाजिक सञ्जालमा लेखेका छन्।
मंसिर १४, २०८१ शुक्रबार २१:१४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।