सामाजिक सञ्जाल प्रयोगकर्तालाई धम्क्याइरहन्छ गृह मन्त्रालय, शुक्रवार जारी गर्यो चेतावनी विज्ञप्ति
काठमाडौँ : गृह मन्त्रालयले सामाजिक सञ्जालको गलत प्रयोग गरी द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति दिनेलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
शुक्रवार विज्ञप्तिमार्फत उसले सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको हो।
पछिल्लो समयमा केही व्यक्तिले सामाजिक सञ्जाललगायत माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्तिप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा विभिन्न जातजाति, धर्म सम्प्रदायबिचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्ति दण्डनीय अपराधको रूपमा व्यवस्था गरेको उल्लेख गरेको छ।
मंसिर १४, २०८१ शुक्रबार १८:४०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।