‘परालको आगो’ रिमेकसँगैको चुनौती, निर्देशक सुब्बाको सफलता दोहोर्‍याउलान् त लक्ष्मणले?

‘परालको आगो’ रिमेकसँगैको चुनौती, निर्देशक सुब्बाको सफलता दोहोर्‍याउलान् त लक्ष्मणले?

काठमाडौँ : कथाकार गुरुप्रसाद मैनालीको नासो कथा सङ्ग्रहमा रहेको एक कथा ‘परालको आगो’ माथि प्रताप सुब्बाले ४७ वर्ष अगाडि वर्ष अगाडि फिल्म बनाए। त्यो ब्ल्याक एन्ड ह्वाइट भए पनि निकै चर्चित फिल्ममा पर्छ।

पुन त्यही कथामा आधिकारीक फिल्म निर्माणमा जुटेको छ हरिओम सिने मेकर्स टिम। २०८२ को दसैँमा रिलिज गर्ने लक्ष्य राखेको फिल्मले पहिलो कलाकारको रूपमा सुहाना थापालाई अनुबन्ध गरेको छ।

मैनालीको कथा श्रीमान् अनि श्रीमतीको घर झगडा भनेको परालको आगो समान ह्वार्र बले पनि निभिहाल्ने खालको हो भन्ने मुख्य प्लटमा कथा लेखेका थिए। चामे र गौँथली पात्रमार्फत उनले लेखेको पारिवारिक कथा चर्चित भयो नै फिल्म पनि चर्चित भयो त्यो बेलामा। चामेको भूमिकामा थिए कलाकार टङ्क शर्मा अनि गौँथली बनेकी थिइन् अभिनेत्री वसुन्धरा भुसाल।

लक्ष्मण सुनारले निर्देशन जिम्मेवारी पाएको रिमेकमा गौँथलीको भूमिकामा सुहाना अनुबन्ध भए पनि अझैँ चामे बन्ने कलाकार सार्वजनिक भएको छैन। निर्माण टिमले भने कथामा फिल्म बनाउन मैनाली कथा पुरस्कार ट्रस्ट र मैनालीको परिवारसँग अनुमति लिइसकेको छ।

कृतीमा आधारित फिल्म बन्नु नयाँ हैन। तर अपवाद बाहेक चर्चित कृतीमा बनेका फिल्म निकै कमजोर बन्दा फ्लप हुने गरेका छन्। परालको आगो अक्षरबाट पर्दामा आउँदा चर्चित भयो। अब यसको रिमेक के होला? पटकथाकार अनि निर्देशकले कथामाथि न्याय गर्न सक्लान्?  

मंसिर १४, २०८१ शुक्रबार १३:४४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।