सुदूरपश्चिमबाट एनपीएल खेल्न नेपाल आइपु्गे स्कटल्यान्डका मक्मलेन
काठमाडौं : सुदूरपश्चिम रोयल्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न स्कटल्यान्डका ब्रान्डन मक्मलेन नेपाल आइपुगेका छन्।
मक्मलेन शुक्रवार नेपाल आइपुगेका हुन्। मक्मलेनलाई टोलीका व्यवस्थापक रवी तिमल्सिनाले विमानस्थलमा स्वागत गरेका थिए।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो।
सुदूरपश्चिममा स्कटल्यान्डका ब्रान्डन मक्मलेनका अलावा न्युजिल्यान्डका स्कट कुगेलेइन, इङ्ग्ल्यान्डका सेफ अलि जेब, र युएईका रोहन मुस्तफा विदेशी खेलाडीहरु टोलीमा समावेश गरेको छन्। मुस्ताफा बाहेकका सबै खेलाडी नेपाल आइपुगिसकेका छन्।
सुदूरपश्चिमको मार्की खेलाडीमा अलराउन्डर दिपेन्द्र सिंह ऐरी रहेका छन्। मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन्।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा शनिवार देखि पुस ६ गतेसम्म एनपिएलको पहिलो संस्करण हुँदैछ। मंसिर १८ गते विराटनगर किङ्ससँग खेल्दै सुदूरपश्चिमले लिगको सुरुवात गर्नेछ।
मंसिर १४, २०८१ शुक्रबार १३:४३:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।