कर्णाली याक्सलाई महिन्द्राको साथ
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोली कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपले साथ दिएको छ।
कर्णालीको स्वामित्व रहेको हिमालयन बिल्डर्स प्रालि र महिन्द्रा अग्नि ग्रुपबीच एक कार्यक्रमका बीच कर्णालीका तर्फबाट अनर झनकदत्त खनाल र महिन्द्राका तर्फबाट उपाध्यक्ष वेदा सताषा श्रेष्ठले टोलीलाई मुख्य प्रायोजन गर्ने विषयको सम्झौतामा हस्ताक्षर गरे।
कर्णालीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी रहेका छन्। त्यसैगरी टोलीको मुख्य प्रशिक्षक राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल छन्।
टोलीका विदेशी खेलाडीमा ओमानका पूर्वकप्तान जिशान मक्सुद, हङकङका बाबर हयात, वेस्ट इन्डिजका चाडविक वाल्टन तथा भारतका शिखर धवन रहेका छन्। वाल्टन, हायत र मक्सुद नेपाल आइसकेका छन् भने धवन आज साँझ नेपाल आइपुग्ने छन्।
त्यसैगरी टोलीको अन्य खेलाडीमा गुलशन झा, देव खनाल, नन्दन यादव, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिसविक्रमसिंह ठकुरी र दीपक डुम्रे छन्।
प्रतियोगिताको उद्घाटन खेल यही मङ्सिर १५ गते विराटनगर किग्ंस र जनकपुर बोल्ट्सबीच हुनेछ।
मंसिर १४, २०८१ शुक्रबार १३:२९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।