तीन महिनामा रेमिट्यान्स ११.५ प्रतिशतले वृद्धि, शोधनान्तर स्थिति बचतमा
काठमाडौं : आर्थिक वर्ष २०८१/०८२ को तीन महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले कमी आएको छ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको पहिलो मौद्रिक नीतिको समीक्षा अन्तर्गत निर्यात जम्मा ३८ अर्ब ३८ करोडको मात्रै भएको छ।
निर्यातमा कमी भएसँगै आयातमा घटेको छ। ३ महिनाको अवधिमा आयात ४.२ प्रतिशतले कमी भएर ३ खर्ब ९० अर्ब ७५ करोड कायम भएको छ।
साथै व्यापार घाटामा समेत कम भएको छ। ३ महिनाको अवधिमा व्यापार घाटा ४ प्रतिशतले कमी भएर ३ खर्ब ५२ अर्ब ३७ करोड रहन गरेको छ।
त्यस्तै, विप्रेषण आप्रवाह (रेमिट्यान्स) ११.५ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको हो।
अघिल्लो आर्थिक वर्षमा मौद्रिक नीतिको पहिलो समीक्षाको अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले वृद्धि भएर ३ खर्ब ६५ अर्ब ३७ करोड पुगेको थियो। जुन चालू आर्थि वर्षमा समेत बढेर गएको छ।
त्यस्तै, चालू आर्थिक वर्षको ३ महिनामा चालू खाता १ खर्ब ११ अर्ब ८७ करोड र शोधनान्तर स्थिति (मुलुकमा भित्रिने रकम र बाहिरिने रकमको अन्तर) १ खर्ब ८४ अर्ब ९९ करोड बचतमा छ।
यो अघिल्लो आर्थिक बर्षमा चालू खाता ५९ अर्ब ६५ करोड र शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोड बचतमा रहेको मौद्रिक नीतिको समिक्षामा राष्ट्र बैंकले उल्लेख गरेको छ।
मंसिर १४, २०८१ शुक्रबार १२:५६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।