प्रधानमन्त्रीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यही मंसिर १६ गतेदेखि तय भएको प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको हो।
बैठकपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले यसबारे जानकारी दिए।
प्रधानमन्त्रीको टोलीमा ८७ सदस्यीय हुने छन्, जसमा मन्त्रीसहित ३९ जना सरकारी अधिकारी र निजी क्षेत्रका ४८ जना प्रतिनिधि पनि भ्रमण दलमा सहभागी हुने तय भएको छ।
प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि यही मंसिर १७ गते चीनको राजधानी बेइजिङतर्फ जाँदैछन्।
मंसिर १४, २०८१ शुक्रबार ०८:०४:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।