आइपिएलमा राजस्थानबाट खेलेका पाकिस्तानी क्रिकेटर सोहेलले एनपिएलमा चितवनबाट खेल्ने
काठमाडौँ : पाकिस्तानका अलराउण्डर क्रिकेटर सोहेल तनविर नेपाल प्रिमियर लिगमा चितवन राइनोजबाट खेल्ने भएका छन्। चितवनका अनुसार दक्षिण अफ्रिकी बलर मर्चेन्ट डे लाङ घाइते भएपछि उनको स्थानमा पाकिस्तानका बलर तनविरलाई अनुबन्ध गरिएको हो।
पाकिस्तान सिनियर टिमसँगै अन्य फ्रेन्चाइज लिगमा खेलेको अनुभव रहेका उनले ७४ खेलमा ३ सय १० रन बनाएका छन्। उनले पाकिस्तानका लागि ५७ र टी२०आई खेलमा ५४ विकेट लिएका छन्।
तनविरले पाकिस्तानबाट सन् २००९ को टी२० विश्वकप खेलेका थिए। सो वर्ष पाकिस्तानले विश्वकप जितेको थियो। उनी इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्समा अनुबन्ध भएका थिए। उनी अनुबन्ध भएको वर्ष उनको टिमले आइपिएल जितेको थियो।
मंसिर १३, २०८१ बिहीबार १९:२३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।