अमेरिकामा खाजा खर्च र  दक्षिणाबाट जोगाएको १४ लाख ज्येष्ठ नागरिक र विद्यार्थीलाई सहयोग

अमेरिकामा खाजा खर्च र  दक्षिणाबाट जोगाएको १४ लाख ज्येष्ठ नागरिक र विद्यार्थीलाई सहयोग

काठमाडौँ : अमेरिकाको ओहायो राज्यको कोलम्बसमा बस्दै आएकी सोनिया अधिकारीले झापाको बेलडाँगी र मोरङको पथरीमा रहेको भुटानी शरणार्थी शिविरमा बस्ने ज्येष्ठ नागरिक र विद्यार्थीहरूलाई न्यानो कपडा दिइन्।

बाबुआमाले दिएको खाजा खर्च, दसैँ तिहारमा पाएको दक्षिणा र जन्मदिनमा पाएको उपहार रकम जम्मा गरेर उनले दुवै शिविरमा रहेका बृद्धबृद्धा र असक्तलाई चार सय थान कम्बल र विद्यार्थीलाई एक हजार सात सय थान शैक्षिक सामग्री र केही थान कपडा एकल महिलालाई वितरण गरेकी हुन्।

‘आफैँले जम्मा गरेको रकमले मलाई यहाँ आएर सहयोग गर्न मन थियो। त्यो सपना पूरा भएको छ’, अधिकारीले भनिन् ‘मैले केही वर्षदेखि खाजा खर्च, दशैँ, तिहार, जन्मदिन र अरू अवसरमा पाएको रकम जम्मा गरेर राखेकी थिए। त्यो रकम अन्यत्रभन्दा शरणार्थी शिविरमा सहयोग गर्न मन लागेर नेपाल आएँ।’

अमेरिकाबाट एकसाताको बिदा लिएर नेपाल आएकी उनले आफ्नो १८औँ जन्मदिनको अवसरमा सहयोग वितरण गरेकी थिइन्। उनी नेपाल आएर १४ लाख बराबरको कम्बल र शैक्षिक सामग्री वितरण गरेकी थिइन्।

-रासस

मंसिर १३, २०८१ बिहीबार १९:०४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।