'अहिले पनि प्रचण्डले देउवालाई हप्तामा एकपटक लौन प्रधानमन्त्री बनिदिनुपर्यो भनेर खबर पठाउनुहुन्छ'

'अहिले पनि प्रचण्डले देउवालाई हप्तामा एकपटक लौन प्रधानमन्त्री बनिदिनुपर्यो भनेर खबर पठाउनुहुन्छ'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरिरहेको बताएका छन्।

कीर्तिपूरमा आयोजित चुनावी सरकारलाई सम्बोधन गर्दै आफूहरू यो गठबन्धनलाई ०८४ सम्म लिएर जाने पक्षमा रहेको बताए। 

‘अहिले भर्खर प्रचण्डले माथि आएर बोलेर जानुभएछ। यो यो कारणले सरकार बदलियो भनेर जानुभयो। अहिले पनि प्रचण्डले हप्तामा एकपटक कांग्रेसलाई खबर पठाउनु हुन्छ। लौन प्रधानमन्त्री बनिदिनु पर्यो भनेर,’ गगनले भने। 

उनले कांग्रेस संसदको ठूलो दल भएको प्रधानमन्त्री बन्ने तागत रहेको तर, देशलाई समाल्न कांग्रेस प्रधानमन्त्री नबनेको बताए। 

उनले भने, ‘आज केपी ओलीसँग सरकारमा छौं। हामी इमान्दारितापूर्वक यो सरकारलाई तीन बर्ष पूरा गर्न चाहन्छौं। हामी सरकार तलमाथि गर्ने पक्षमा छैनौं। हामी परिणाम दिन चाहन्छौं।’ 

सबै खालका प्रवृत्तिसँग कांग्रेस लड्ने भन्दै महामन्त्री थापाले ठग जुन दलको भए पनि कारबाही गर्नेमा कांग्रेस रहेको बताए।

‘त्यो ठग एमाले, माओवादी, कांग्रेस होस् वा नयाँ पुरानो जो होस्’ उनले भने, ‘त्यो सहकारी ठग्ने मान्छे होस् कि मान्छेलाई झुक्याएर विदेश लाने होस्। जतिसुकै शक्तिशाली होस्। जुनसुकै पार्टीको होस्। आज बच्ला, भोलि बच्दैन।’ 

मंसिर १३, २०८१ बिहीबार १८:४८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।