स्वर्णलक्ष्मी सहकारी ठगीमा बयानका लागि रविलाई काठमाडौं ल्याइयो

स्वर्णलक्ष्मी सहकारी ठगीमा बयानका लागि रविलाई काठमाडौं ल्याइयो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइँदै छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वसन्त शर्माले आज साँझ ५ः१४ बजे बुद्ध एयरको विमानबाट लामिछानेलाई काठमाडौं पठाइएको बताए। 

लामिछानेविरूद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेकाले बयानका लागि ल्याइएको हो। 

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सहकारीको रकम ठगी र सङ्गठित अपराध कसुरमा गत कात्तिक २ मा पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। उनलाई बयानका लागि यसअघि रुपन्देही लगेर पुनः पोखरा ल्याइएको थियो। 

जिल्ला अदालत कास्कीको आदेशबाट पटक-पटक म्याद थप गर्दै प्रहरीले लामिछानेविरुद्ध सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ। 

मंसिर १३, २०८१ बिहीबार १८:३२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।