फिल्म ‘डोरी’मा बाँधिइन् अञ्जना बराइली, प्रवीणको जोडी बन्दै

फिल्म ‘डोरी’मा बाँधिइन् अञ्जना बराइली, प्रवीणको जोडी बन्दै

काठमाडौँ : अञ्जना बराइली र प्रवीण खतिवडाको मुख्य भूमिका रहेको फिल्म ‘डोरी’को शुभ मुहूर्त गरिएको छ। बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सम्पन्न गरिएको हो।  मुर्हत कार्यक्रममा फिल्मको छायाङ्कन आइतबारदेखि छायाङ्कन प्रारम्भ हुने जानकारी दिइयो।

कार्यक्रममा निर्माण पक्षले अहिलेसम्म प्रदर्शनमा आएको फिल्मका कथा भन्दा यो फिल्मको कथा र शैली फरक रूपमा पस्कने दाबी गरे।

यो फिल्ममा प्रवीण खतिवडा,अञ्जना बराइलीसँगै शिशिर बाङ्गदेल, कविता आले,राज पौडेल,वीरेन्द्र सिंह कुशवाह, विशाल राई, मिलन राई,सजन श्रेष्ठ,नूतन लगायतका कलाकारहरूको अभिनय रहने छ।

अरुण लामाले निर्देशन गर्ने यो फिल्ममा कार्यकारी निर्माता राज थापा, छायाकार सौरभ लामा, र सङ्गीतकार राजनराज सिवाकोटीको रहने निर्माण पक्षले जानकारी दियो।  

मंसिर १३, २०८१ बिहीबार १८:२०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।