सन्दीप लामिछानेको टिम विराटनगर पोखरा एभेन्जर्ससँग २६ रनले हार्‍यो

सन्दीप लामिछानेको टिम विराटनगर पोखरा एभेन्जर्ससँग २६ रनले हार्‍यो

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी स्वरूप बिहीबार भएको विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको मैत्रीपूर्ण प्रतियोगितामा पोखरा ३६ रनले विजयी भएको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पोखरासँग विराटनगर पराजित भएको हो।

टस जितेर ब्याटिङ रोजेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो। मार्की खेलाडी कुशल भुर्तेलले सर्वाधिक ३५ बलमा ५५ रन बनाएको खेलमा अन्य खेलाडीको प्रदर्शन औसत रह्यो।

दिनेश खरेलले १६ रन बनाए भने विदेशी खेलाडी बास डी लिड्सले १९ रन बनाएका थिए। त्यस्तै, माइकल लिस्कले २१ रन बनाउँदा किरण ठगुन्नाले १० रन बनाएका थिए।

विराटनगरका लागि सन्दीप लामिछाने र सुवास भण्डारीले २–२ विकेट लिँदा जितेन्द्र मुखिया, प्रतिश जिसी र राजेश पुलामीले समान १–१ विकेट लिएका थिए।

विदेशी खेलाडीबिना मैदानमा उत्रिएको विराटनगरका ब्याटरलाई पोखरा एभेन्जर्सका बलर धान्न ग्राहै भयो। विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रनमा समेटिएको थियो। विराटनगरका लागि फिर्दोस अन्सारीको २१ रनमा अविजित रहँदा दीपक बोहराले १९ रन तथा बसिर अहमदले १८ रन बनाएका थिए।

फिर्दोसलाई सुवास भण्डारीले १२ रनमा साथ दिएका थिए। पोखराका लागि सागर ढकाल र तीर्थ राज दासले २–२ विकेट लिएका थिए।

शनिवार हुने एनपीएलको उद्घाटन खेलमा विराटनगरले जनकपुर बोल्ट्सको सामना गर्दै छ। बिहीबारको खेलमा पोखरा एभेन्जर्सका खेलाडीहरू ब्याटिङ र बलिङमा बलिया देखिएका थिए। तर फिल्डिङमा चुक्दा धेरै क्याचहरू छुटेका थिए। विराटनगरको टिमको फिल्डिङ बलियो रहे पनि ब्याटिङ र बलिङ धारिलो देखिएन।

मंसिर १३, २०८१ बिहीबार १७:५९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।