मारवाडी सेवा समितिले न्युरोडको एक जुत्ता पसलबाट साढे ८ लाख रूपैयाँ भाडा असुलेको भेटियो

मारवाडी सेवा समितिले न्युरोडको एक जुत्ता पसलबाट साढे ८ लाख रूपैयाँ भाडा असुलेको भेटियो

काठमाडौं : मारवाडी सेवा समितिले न्युरोडस्थित एक जुत्ता पसलबाट साढे आठ लाख रुपैयाँ भाडा असुल्ने गरेको भेटिएको भन्दै काठमाडौं महानगरपालिकाले छापा मारेको छ।

बिहीबार महानगरपालिकाको राजश्व विभागका उपनिर्देशक जगनाथ शर्मा पौडेलसहितको टोलीले छापा मारेको हो। 
छापाकै क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनिर्देशक शर्माले सबै कुरा प्रस्ट गर्नको लागि मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति नभेटिएको बताए। 

उनले आधिकारिक व्यक्ति काम विशेषले बाहिर रहेकाले सबै जानकारी सार्वजनिक गर्न नसकिएको बताए।

उनले सम्झौता गरेर राखेका ब्यवसायीहरुको व्यवसाय दर्ता, नवीकरण हालसम्म तिर्नुपर्ने रकम सबै डकुमेन्टहरू आधिकारिक व्यक्तिले सोमबार बुझाउने गरी सम्झौता भएको बताए।

उनले भने, ‘मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति काम विशेषले बाहिर हुनुहुँदोरहेछ। व्यवसाय गरेकाहरूसँग सम्झौता गरेर राखेका दर्ता, नवीकरण, हालसम्म तिनुपर्ने रकमसहित सम्पूर्ण रसिद वा डकुमेन्ट लिएर सोमबार आधिकारिक व्यक्ति हामीकहाँ आउनुहुनेछ।’ 

मंसिर १३, २०८१ बिहीबार १६:०३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।