चीन उडिन् परराष्ट्रमन्त्री राणा, ‘बीआरआई’बारे के बोलिन्?
काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि उनी आज त्यसतर्फ लागेकी हुन्।
उनी सिचुआन एयरलाइन्सको जहाजबाट चीनको छेन्दुङ जाने छिन्। उनको बिदाईका लागि परराष्ट्र मन्त्रालयका अधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए।
बीआरआईबारे कांग्रेस-एमालेबीच मतभिन्नता छ भन्ने मिडियाले सिर्जना गरेको उनले टिप्पणी गरिन्।
यसलाई एकरुपताको साथ अघि बढाउन दुई दलीय टीमले काम गरिरहेको उनले बताइन्।
परराष्ट्र नीतिमा दुई देशीय सम्झौता नेगोसियसनमा हुने भन्दै उनले बीआरआईसम्बन्धी अनुदान सम्झौता हुने बताइन्।
‘दुई देशको सम्झौता भनेको नेगोसियसन हो। परराष्ट्र नीतिमा दुई देशबीच सम्झौता हुँदा दुवै देशले आफ्ना कुराहरू राख्छन्। वार्ताहरू हुन्छ। अब के हुन्छ, हेरौँ।’
मंसिर १३, २०८१ बिहीबार १४:२७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।