एनपिएलको स्पार्कलिंग स्माइल पार्टनरमा ह्याप्पीडेन्ट

एनपिएलको स्पार्कलिंग स्माइल पार्टनरमा ह्याप्पीडेन्ट

काठमाडौं : ह्याप्पीडेन्ट च्युइङगम नेपाल प्रिमियर लिग (एनपिएल)को स्पार्कलिंग स्माइल पार्टनरको रूपमा आबद्ध भएको छ।

एनपिएलका पदाधिकारी र ह्याप्पीडेन्ट नेपालबीच यस विषयमा साझेदारी भएको एक प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको छ।

ह्याप्पीडेन्ट नेपालले यसलाई सुखद् साझेदारीको रूपमा अर्थ्याएको छ।

आधिकारिक स्पार्कलिंग स्माइल पार्टनरको रूपमा ह्याप्पीडेन्टले एनपिएल सिजनभर प्रशंसक र खेलाडीहरूका लागि आफ्नो स्पार्कलिंग स्माइल अनुभव ल्याउने कम्पनीको विश्वास छ।

मंसिर १३, २०८१ बिहीबार ११:१८:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।