च्याम्पियन्स लिग : लिभरपुलले जितेको खेलमा एम्बाप्पे र सलाह बने हाँसोकाे पात्र

च्याम्पियन्स लिग : लिभरपुलले जितेको खेलमा एम्बाप्पे र सलाह बने हाँसोकाे पात्र

काठमाडौं : यूईएफए च्याम्पियन्स लिग लिभरपुलले रियल मड्रिडलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

एनफिल्डमा गएराति एलेक्सिस म्याक एलिस्टर र कोडी गाक्पोको गोलको मद्दतमा लिभरपुलले साविक विजेता रियल मड्रिडलाई २-० गोलले हरायो। रियलमाथि लिभरपुलको १५ वर्षपछिको जित हो।

खेलको म्याक एलिस्टरले ५२औं मिनेटमा गोल गरेका थिए। त्यसको केही मिनेटमा एम्बाप्पेले खेललाई बराबरी गर्न सकेनन्। उनको पेनाल्टी लिभरपुलका खेलाडीले बचाएका थिए।

यस्तै खेलको ७६ औं मिनेटमा एन्डी रोबर्टसनको क्रसमा गाक्पोले थिबाउट कोर्टोइसको पासमा हेडर मार्फत गोल गर्दै खेलमा जित सुनिश्चित गरे।

खेलमा लिभरपुलले पेनाल्टी पायो तर मोहम्मद सलाहले गोलपोस्ट बाहिर हानेपछि मैदानमा हाँसो गुन्जयमान भएको थियो।

लिभरपुलले सन् २००९ यता रियल मड्रिडलाई हराउन सकेको थिएन र च्याम्पियन्स लिगको फाइनलमा दुई हारसहित यसअघिका आठ खेलमा कुनै पनि खेलमा जित हात पार्न सकेको थिएन। 

जितपछि पाँच खेलबाट १५ अंक बनाउँदै लिभरपुल तालिकाको शीर्ष स्थानमा छ। पाँचमध्ये दुई खेल जितेको साविक विजेता ६ अंकसहित २४औं स्थानमा छ।

यो सिजन सनसनी पूर्ण खेल खेलेको लिभरपुल प्रिमियर लिगको पनि शीर्ष स्थानमा कायम छ।

मंसिर १३, २०८१ बिहीबार ०८:०८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।