मौसम पूर्वानुमान : तराई र पहाडका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने

मौसम पूर्वानुमान : तराई र पहाडका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका केही स्थान तथा पहाडी भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

मंसिर १३, २०८१ बिहीबार ०७:०७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।