उकेरा टप फाइभ : द्वन्द्वपीडितका मागदेखि यलुङ सहकारीको बदमासीसम्म

उकेरा टप फाइभ : द्वन्द्वपीडितका मागदेखि यलुङ सहकारीको बदमासीसम्म

काठमाडौं : आज प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तन ल्याउने गरी प्रभावकारी रूपमा काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिए। उनले भनेका छन्, 'निरीह भएर हेरेर मात्रै हुँदैन, अब के गर्ने भन्ने ठोस योजना मलाई चाहियो।'

अनलाइनबाट घाउ ड्रेसिङ गर्ने भन्दै एक पुरूषलाई बोलाएर हनी ट्रयापमा रकम असुल्न खोज्दा तीन जना पक्राउ परे। उनीहरूले 'पैसा नदिए बलात्कारमा फसाइदिन्छु' भन्दै १८ लाख मागेका थिए। उनीहरूमाथि प्रहरी अनुसन्धान भइरहेको छ। 

त्यसैगरी नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेडेट फिडर तथा ट्रंक लाइनबापतको विद्युत् महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्र लेखेका छन्। 

आजै भारतको संसदमा कांग्रेसले दुवै सदनमा अडानीको मुद्दामा बहसको प्रस्ताव राखेको थियो। अडानीमाथि अमेरिकामा ठगीको लागेको आरोपबारे सरकारले बहस गर्नुपर्ने कांग्रेसले माग राखेपछि लोकसभा र राज्यसभा दिनभरका लागि स्थगित गरिएको छ।

आजै आक्रमणको एक वर्षपछि हिजबुल्लाह र इजरायलबीच युद्धविराम भयो। त्यसपछि बेरूतका विस्थापित बासिन्दा घर फर्केका छन्। 

अब लागौं, उकेरा टप फाइभतर्फः
उकेराले आज बिहान कर्णाली प्रदेशका माओवादी सशस्त्र द्वन्द्वपीडितहरू, राज्यबाट के चाहन्छन् भन्नेबारे समाचार लेख्यो। समाचारमा द्वन्द्वपीडित पीडकलाई कारबाही चाहन्छन् तर, राज्य भने १० लाख दिएपछि जिम्मेवारी पूरा भएको ठान्ने गरेकोबारे पीडितका अनुभवहरूसहितका विषय समेटिएको छ। 
पूरा समाचार: सशस्त्र द्वन्द्वको साइड इफेक्ट : पीडकलाई कारबाही चाहन्छन् द्वन्द्वपीडित, १० लाख दिएपछि जिम्मेवारी पूरा भएको ठान्छ राज्य

उकेराले आज बिहान काठमाडौंस्थित यलुङ सहकारीको बदमासीबारे समाचार लेख्यो। जसअन्तर्गत त्यस सहकारीले पूर्व कोषाध्यक्ष र व्यवस्थापक मिलेर रकम अपचलन गरेको, बचतभन्दा ५६ लाख बढी ऋण प्रवाह गरेकोलगायतका विषय समेट्यो। 
पूरा समाचार: यलुङ सहकारीको बदमासी : कृत्रिम निकायलाई शेयरधनी, बचतभन्दा ५६ लाख बढी ऋण प्रवाह

उकेराले मध्यान्ह पहिलो संस्करणको एनपिएल क्रिकेट अन्तर्गत उपाधिको दाबेदार मानिएको टीम पोखरा एभेन्जर्सको परिचयबारे समाचार लेख्यो। जहाँ एनपिएल इतिहासमै सबैभन्दा बढी मूल्यमा बिक्री भएको र सबैभन्दा पुरानो टोली पोखरा एभेन्जर्सका बारेमा चर्चा गरिएको छ। 
पूरा समाचार: एनपीएल टीम परिचय : ‘ब्याटर कि बलर छुट्याउनै नसकिने कौशल भएका’ कुशलको पोखरा

उकेराले आज दिउँसो एक समयमा हिट फिल्म दिएर विदेश पलायन भएका अनि अहिले फेरि नेपाली फिल्ममा काव्यक गरेका हिरोइनको बारेमा समाचार लेख्यो। त्यसमा अभिनेत्री विपना थापा, रेजिना उप्रेती, पूजा चन्द, ॠचा घिमिरेलगायतको लोभलाग्दो कमब्याक र सम्भावित मौकाबारेको सामाग्री समेटिएको छ। 
पूरा समाचार: हिट हिरोइनको ‘लोभलाग्दो’ कमब्याकपछि सम्भावित मौका- फेरि फिल्ममै फर्किने कि!

उकेराले आज साँझपख काठमाडौंका मेयर बालेन शाहले भाइरल बनाएको न्यूरोडको सडकको फोटो कथा समेट्यो। त्यसमा न्यूरोड सडकमा फुटपाथ बढाउने बालेनको प्रयास सफल नभएका विभिन्न तस्बिर समावेश छन्। 
पूरा समाचार: बालेनले भाइरल बनाएको न्यूरोडको सडक (फोटो कथा)

मंसिर १२, २०८१ बुधबार २२:१३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।