बिरामीको बहानामा कोठामा बोलाएर हनी ट्र्याप, आठ लाख माग्दा प्रहरी हिरासत
काठमाडौँ : बिरामी भएको भन्दै बोलाएर बलात्कार गरेको आरोपमा फसाउने धम्की दिएर रकम असुलेको आरोपमा तीन जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले इलामका २५ वर्षीया समृद्धि मगर, काभ्रेका ३० वर्षीय दीपेन्द्र दर्जी र काभ्रेकै २५ वर्षीया वर्षा दर्जीलाई पक्राउ गरेको हो।
कार्यालयका अनुसार उनीहरूले आफू बिरामी भएको, घाउ भएको बहानामा कोठामा बोलाएर पछि जवर्जस्ती शारीरिक सम्बन्ध राखेको भनेर फसाउने भन्दै रकम असुल्न सक्रिय थिए। प्रहरीका अनुसार यो समूहमा चार जना रहेको र एक जना फरार छन्।
प्रहरीका अनुसार भक्तपुर ठिमीमा वर्षाले आफूलाई घाउ भएको भन्दै ड्रेसिङका लागि अनलाइनबाट सम्पर्क गरेर कोठामा बोलाएर शारीरिक सम्बन्ध बनाएको आरोप लगाएर रकम असुलेकी थिइन्। पैसा नदिए बलात्कारको उजुरी दिने भनेर एक युवासँग आठ लाख मागेको र २५ हजार असुलेको उनीहरूमाथि आरोप छ।
युवासँग उनीहरूले ७५ हजारको चेक समेत लिएको प्रहरीको दाबी छ।
मंसिर १२, २०८१ बुधबार १९:५२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।