आक्रमणको एक वर्षपछि हिजबुल्लाह र इजरायलबीच युद्धविराम, बेरूतका विस्थापित बासिन्दा घर फर्के

आक्रमणको एक वर्षपछि हिजबुल्लाह र इजरायलबीच युद्धविराम, बेरूतका विस्थापित बासिन्दा घर फर्के

एजेन्सी : युद्धविराम लागू भएपछि द्वन्द्वका कारण क्षति भएको बेरूतको दक्षिणी उपनगरबाट विस्थापित बासिन्दाहरू बुधबार घर फर्केका छन्।

लामो समयपछि भएको युद्धविराम कार्यान्वयनका लागि धेरैले हिजबुल्लाहको प्रशंसा गर्दै ‘विजय’ उत्सवसमेत मनाएका छन्।

पछिल्लो समयमा इजरायलले दिनहुजसो आक्रमण गर्दा धेरै हदसम्म खाली भएको उक्त आवासीय क्षेत्रमा विस्थापितहरू एकै चोटी फर्किदा भीडभाड भई ट्राफिक जामसमेत भएको एएफपीले जनाइएको छ।

विस्थापितहरू आफ्नो क्षतिग्रस्त घर र व्यवसाय देखेर आँसु बगाउँदै उत्खननकर्ताहरूको सहयोगमा भग्नावशेष हटाउनका लागि पर्खिरहेका थिए।

स्थानीय इन्जिनियर निजाम हमादेले आफ्नो घरतर्फ फर्किँदै हमलामा मृत्यु भएका हिजबुल्लाह नेता सैयद हसन नस्रल्लाहको उपनगरमा फर्किदा उनीहरूलाई धन्यवाद दिँदै फर्किएको एएफपीले जनाएको छ। दक्षिण बेरुत उपनगरले मङ्गलबार द्वन्द्वको सबैभन्दा तीव्र रुपको सामना गरेको थियो।

युद्धविराम लागू भएपछि आफुहरु घर फर्किएको उक्त उपनगर निवासी फातिमाले बताएका छन्। बुधबार देखि युद्धविराम लागु भएपछि इरान समर्थित समूहले दक्षिण बेरुत र पूर्वी लेबनानको गढहरूमा भ्रमणको आयोजना गरिरहेको थियो।

गाजा युद्धलाई लिएर हिजबुल्लाहले सुरू गरेको सीमापार हमलाको लगभग एक वर्षपछि, इजरायलले लेबनानमा हिजबुल्लाहको गढहरू लक्षित आक्रमण बढाई दक्षिणी सीमा पार सेना तैनाथ गरेको थियो।

केही बासिन्दाहरू तुरुन्तै युद्ध, जुलुसलगायतमा आफ्ना प्रिय नेताको हत्या भएको स्थान तर्फ लागेको एएपीले जनाएको छ।

यसै क्रममा हिजबुल्लाहका समर्थकहरूले नस्रल्लाह र हाशेम सफीद्दिनको तस्वीरहरू हस्तान्तरणसमेत गरिरहेको एएपीले जनाएको छ। 

मंसिर १२, २०८१ बुधबार १९:३८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।