फिल्म चले पनि नचले पनि फिल्ममेकरको नजरमा छुट्दैनन् विपिन र वर्षाको जोडी

फिल्म चले पनि नचले पनि फिल्ममेकरको नजरमा छुट्दैनन् विपिन र वर्षाको जोडी

काठमाडौं : एक दशकअघि अभिनेता राजेश हमाल र करिश्मा मानन्धरको जोडी फिल्मको लागि खूब जमेको थियो। उनीहरुको जोडीलाई फिल्ममेकरले भरसक छुट्याउँदैन थिए। मेकरहरू राजेश र करिश्मालाई एकपछि अर्को फिल्ममा खेलाए हिट हुन्छ भन्ने मान्थे। 

त्यस्तै पछिल्लो समय अभिनेता विपिन कार्की र वर्षा राउतको जोडीलाई लिन थालिएको छ। फिल्म ‘जात्रा’बाट बाँधिएको विपिन र वर्षाको जोडीलाई दर्शकले ‘गोपी’, ‘जात्रैजात्रा’, ‘के घर के डेरा’, ‘महाजात्रा’हुँदै प्रदर्शनरत फिल्म ‘तेल भिसा’सम्म हेरेका छन्। 

अब भने उनीहरुको जोडी तेलभिसामा मात्रै रोकिएको छैन। तुलसी घिमिरेले निर्माण गरेको फिल्म ‘पहाड’मासमेत बाँधिने भएको छ। एकपछि अर्को फिल्म गर्दै विपिन र वर्षाको जोडीले सातौं फिल्म ‘पहाड’मा सहकार्य गर्ने भएका हुन्।

यो जोडीले काम गरिसकेको छैटौं फिल्ममध्ये सबैभन्दा सफल ‘जात्रा’ श्रृंखला बनेको थियो। त्यसपछि भने उनीहरुको फिल्म ‘के घर के डेरा’ सामान्य रह्यो भने अन्य फिल्म फ्लपको टोकरीमा पुगेको थियो। 

नेपाली फिल्मकेमरमा कुनै फिल्म चल्यो भने त्यही जोडीलाई दोहोर्याउने चलन छ। तर, विपिन र वर्षा यस्तो भाग्यमानी रहेका छन् कि चले पनि नलचे पनि सँगै फिल्ममा सहकार्य गर्न पाइरहेका छन्। 

विपिन र वर्षापछि फिल्ममा दोहरिने अभिनेता तथा अभिनेत्रीमा दयाहाङ राई र मिरुना मगर हुन्।  

आगामी माघको पहिलो साताबाट छायांकन हुन लागेको यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री पनि अनुबन्ध भइसकेका छन्।

मंसिर १२, २०८१ बुधबार १८:३६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।