वानएक्सबेटबाट ५५ करोडको सट्टेबाजी गरेको आरोपमा सुनिल पक्राउ

वानएक्सबेटबाट ५५ करोडको सट्टेबाजी गरेको आरोपमा सुनिल पक्राउ

काठमाडौँ : वानएक्स वेट मार्फत सट्टेबाजी गराएर ५५ करोडको कारोबार गरेको आरोपमा सुनिल राई पक्राउ परेका छन्। ललितपुर महालक्ष्मी नगरपालिका–१ मा बस्दै उनलाई प्रहरीले वनएक्सबेटको नेपाल एजेन्ट भएको आरोपमा प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो।

पक्राउ आरोपी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको हिरासतमा छन्। उनको कारोबारको अनुसन्धानमा ५५ करोड देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए। उनीमाथि प्रहरीले सट्टेबाजी गरेको आरोप समेत लगाएको छ।

मंसिर १२, २०८१ बुधबार १६:५०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।