दुर्गा प्रसाईँको रिट खारेज, फर्किए हिरासतमा
काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ। सर्वोच्च अदालतले उनको रिट खारेज गरेको हो।
न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेजीको फैसला गरेसँगै उनी प्रहरी हिरासतमै रहनेछन्।
प्रधानमन्त्री केपी शर्माले कम्बोडियाको टेलिकममा ३२ अर्ब रकम लगानी गरेको दाबी गरेपछि अफवाह फैलाएको आरोपमा प्रहरीले प्रसाईँलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
मंसिर १२, २०८१ बुधबार १६:३९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।