प्रचण्डले भिडियो सन्देशबाट उप-निर्वाचनका पार्टीका उम्मेदवारको पक्षमा मत मागे
काठमाडौँ : आगामी आम निर्वाचनका लागि सन्देश दिने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको उप निर्वाचनमा आफ्ना दलका उम्मेदवारहरूको पक्षमा मत मागेका छन्।
सीमित क्षेत्रमा उप निर्वाचन हुने भएपछि यसको अलग्गै महत्व रहेको भन्दै उनले भिडियो अपिल जारी गर्दै उप निर्वाचनमार्फत सुशासन र सबै खाले बेथितिको पक्षमा उभिन आग्रह गरेका छन्।
उनले आफ्नो दल सरकारमा रहँदा सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि काम गरेको दाबी गरेका छन्। उनले भ्रष्टाचार विरुद्ध महाअभियानमा अगाडि बढाउने भन्दै मत मागेका हुन्।
मंसिर १६ गते ४० तहमा रिक्त रहेका पदहरूका लागि निर्वाचन हुँदैछ। यस अगाडि माओवादी केन्द्रले नेपाली कांग्रेससँग गठबन्धन गरेको थियो। उप निर्वाचनमा भने दलहरू एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका छन्।
मंसिर १२, २०८१ बुधबार १६:२१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।