चितवन राइनोजका दुई विदेशी खेलाडी लिग खेल्न नेपाल आए
काठमाडौँ : सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग(एनपीएल) को फ्रेन्चाइज टिम चितवन राइनोजमा अनुबन्ध भएका दुई विदेशी खेलाडी बुधवार काठमाडौँ आइपुगे।
चितवनमा आबद्ध नामिबियाका जान निकोल लिप्टी इटन र इङ्गल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन बुधवार काठमाडौँ आइपुगेका हुन्।
दुवै खेलाडीलाई टिमका अध्यक्ष आयुष न्यौपाने लगायतले विमानस्थलमा स्वागत गरेका थिए। इटन र ल्यूकसँगै टिममा अफगानिस्तानका हसन इसाखिल र इङ्गल्यान्डका रवि बोपारा समेत आबद्ध भएका छन्।
चितवनको मार्की खेलाडीमा कुशल मल्ल र मुख्य प्रशिक्षकमा उमेश पटवाल छन्। एनपिएलको पहिलो संस्करण शनिवारदेखि पुस ६ गतेसम्म हुँदैछ। चितवनको पहिलो खेल मंसिर १७ गते काठमाडौँ गुर्खाजसँग रहेको छ।
मंसिर १२, २०८१ बुधबार १६:०५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।