नौ सयले बढ्यो सुनको मूल्य
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेको छ।
सोमबार र मंगलबार घटेको सुनको मूल्य बुधबार(आज) नौ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ४९ हजार छ सय रुपैयाँ कायम भएको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ।
मंगलबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोवार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोवार भैइरहेको छ।
मंसिर १२, २०८१ बुधबार १०:५६:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।