युक्रेनद्वारा रुसमाथि अमेरिकी मिसाइल प्रहार, वायु रक्षा प्रणाली ध्वस्त

युक्रेनद्वारा रुसमाथि अमेरिकी मिसाइल प्रहार, वायु रक्षा प्रणाली ध्वस्त

एजेन्सी : युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट रुसको वायु रक्षा प्रणाली बेसमा क्षति पुगेको छ।

पहिलो पटक रुसले बुधबार युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट वायु रक्षा प्रणालीसहित कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको स्वीकार गरेका थिए।

अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टम जस्तै क्षमता भएको एस-४०० वायु रक्षा प्रणालीलाई लक्षित गरिएको छ।

हालै अमेरिकाले युक्रेनलाई रुसविरुद्ध लामो दूरीको मिसाइल प्रयोग गर्न ग्रिन सिग्नल दिएको थियो। लगत्तै युक्रेनले कुर्स्क क्षेत्रमा केही लक्ष्यलाई निशाना बनाएको बताएको थियो।

यसपछि रुसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रतिकारात्मक कारबाही गर्ने चेतावनी दिएको थियो।

यसैबीच, युक्रेनी वायुसेनाले सोमबार राति रुसले १८८ ड्रोनबाट आक्रमण गर्दा केही आधारभूत संरचनामा क्षति पुगेको बताएको छ।

त्यसयता युक्रेन र रुसबीच तनाव उत्कर्षमा पुगेको छ। गत हप्ता अमेरिकाले युक्रेन र रुसभित्र लामो दूरीको मिसाइल प्रयोग गर्न अनुमति दिएको थियो।

एक हजार दिनभन्दा बढी समयदेखि चलिरहेको यस युद्धमा पहिलो पटक यति शक्तिशाली हतियार प्रयोग भएको मानिएको छ।

मंसिर १२, २०८१ बुधबार १०:४६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।