इजरायल र हिजबुल्लाहबीच युद्धविराको सहमति

इजरायल र हिजबुल्लाहबीच युद्धविराको सहमति

एजेन्सी : इजरायल र लेबनानमा रहेको इरान समर्थित समूह हिजबुल्लाहबीच युद्धविरामको सहमति भएको छ।

मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्ताव स्वीकार गरेको हो।

सहमतिअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछ भने हिजबुल्लाहले पनि लितानी नदीको दक्षिणी सीमाबाट सशस्त्र समूह फिर्ता गर्नेछ।

इजरायल र लेबनानबीच भएको युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ।

महासचिव एन्टोनियो गुटेरेसले युद्धविरामको सहमति कडाइका साथ पालना गर्न दुवै पक्षलाई आग्रह गरेका छन्।

यद्यपि युद्धविराम शुरू हुनुभन्दा केही घण्टाअघिसम्म पनि हिजबुल्लाह र इजरायलले एकअर्कामाथि आक्रमण गरेका थिए।

इजरायलले हिजबुल्लाहलाई लक्ष्य गरी लेबनानमा आक्रमण शुरू गरेपछि दुई देशबीच युद्ध चर्किएको थियो।

मंसिर १२, २०८१ बुधबार ०७:४०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।