कालीगण्डकी नदी किनारमा १५ वर्षीय बालकको शव भेटियो
नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कालीगण्डकी नदी किनारमा १५ वर्षीय बालकको शव फेला परेको छ।
गैंडाकोट नगरपालिका-३ घोक्रे फाँटस्थित कालीगण्डकी नदी किनारमा तनहुँ रिसिङ-५ रेसौ बस्ने गोपाल कुमालको शव भेटिएको इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्स्पेक्टर कमला नरालले बताइन्।
मृतक कुमाल गत कात्तिक २७ मा एकादशीको दिन तनहुँको रिसिङ गाउँपालिका-४ भिरकोटस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थिए।
नदीमा डुबी बेपत्ता भएका कुमालको खोजी गर्ने क्रममा मङ्गलबार कालीगण्डकी नदी किनारमा शव भेटिएको इन्स्पेक्टर नरालले बताइन्।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।
मंसिर ११, २०८१ मंगलबार २०:३२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।