कीर्तिपुरको मेयरबाट ब्याक भयो एकीकृत समाजवादी, माओवादी केन्द्रलाई समर्थन

कीर्तिपुरको मेयरबाट ब्याक भयो एकीकृत समाजवादी, माओवादी केन्द्रलाई समर्थन

काठमाडौँ : एकीकृत समाजवादीबाट कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका भानु रिजालले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन्। उनले मङ्गलवार जारी गरेको विज्ञप्तिमा माओवादी केन्द्रको उम्मेदवारलाई सघाउन उम्मेदवारी फिर्ता लिएको उल्लेख छ।

माओवादी केन्द्रबाट प्राडा शिवशरण महर्जन उम्मेदवार बनेका छन्। विज्ञप्तिमा मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारी दिए पनि पार्टी केन्द्रको निर्णय बमोजिम उम्मेदवारी निष्क्रिय गरेको उल्लेख छ।

विज्ञप्ति अनुसार कीर्तिपुरको मेयरमा माओवादी केन्द्रको उम्मेदवारलाई सघाउने निर्णय भएको उल्लेख छ।

मंसिर ११, २०८१ मंगलबार १९:०६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।