एसिया कप खेल्ने नेपाली यु-१९ टोलीको बिदाइ

एसिया कप खेल्ने नेपाली यु-१९ टोलीको बिदाइ

काठमाडौं : नेपाल क्रिकेट संघ(क्यान) ले मङ्सिर दोस्रो हप्तादेखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरू हुने एसिसी यु-१९ एसिया कप क्रिकेट टिमलाई मंगलबार बिदाइ गरेको छ। मंगलबार एक कार्यक्रमको आयोजना गरेर क्यानले खेलाडीहरूलाई बिदाइ गर्यो।

मङ्सिर १४ देखि युएईमा हुने एसिसी यु-१९ एसिया कपमा भाग जाने हेमन्त धामीको कप्तानीमा आइतबार मात्र १५ सदस्यीय टोलीको घोषणा गरेको थियो। 

धामीको कप्तानीमा टोलीको उपकप्तानमा अर्जुन कुमाल र  खेलाडीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार रहेका छन्।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। नेपालले प्रतियोगिता उद्घाटनकै दिन श्रीलङ्कासँग खेल्नेछ। नेपालले दोस्रो खेल १६ गते बङ्गलादेशसँग खेल्नेछ भने तेस्रो खेल १८ गते अफगानिस्तानसँग खेल्ने छ।

मंसिर ११, २०८१ मंगलबार १६:३२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।