आईपीएलको मेगा अक्सन : कहलिएका खेलाडी बिकेनन्, १३ वर्षीय बालकको रेट एक करोड १० लाख

आईपीएलको मेगा अक्सन : कहलिएका खेलाडी बिकेनन्, १३ वर्षीय बालकको रेट एक करोड १० लाख

एजेन्सी :  साउदी अरेबियाको जेद्दाहमा दुई दिन लामो आईपीएलको मेगा अक्सनमा १८२ खेलाडी बिकेका छन्। जसमध्ये ६२ विदेशी खेलाडी थिए।

अक्सनमा राइट टु म्याचको प्रयोग ८ पटक प्रयोग भएको थियो। १० फ्रेन्चाइजीले ६३९.१५ करोड रुपैयाँ खर्च गरेका छन्। ऋषभ पन्त आईपीएल इतिहासकै सबैभन्दा महंगा खेलाडी बने, उनलाई लखनऊ सुपर जाइन्ट्स (एलएसजी) ले २७ करोडमा किन्यो।

योसँगै १३ वर्षको उमेरमा यू-१९ मा अस्ट्रेलियाविरुद्ध शतक प्रहार गर्ने बिहारका बायाँ हाते ब्याट्सम्यान वैभव सूर्यवंशी आईपीएलका सबैभन्दा कान्छो खेलाडी बनेका छन्।वैभवलाई राजस्थान रोयल्स (आरआर)ले किनेको थियो।

१. पन्त सबैभन्दा महंगो खेलाडी
अक्सनमा ऋषभ पन्तलाई लखनउले २७ करोडमा र श्रेयस अय्यरलाई पञ्जाबले २६.७५ करोडमा किन्यो। इङ्ल्यान्डका जोस बटलर सबैभन्दा महंगो विदेशी थिए, उनलाई गुजरात टाइटन्सले १५.७५ करोडमा किन्यो।

२. वेंकटेश सबैभन्दा महंगो अलराउन्डर
वेंकटेश अय्यरलाई कोलकाता नाइट राइडर्सले २३.७५ करोडमा किन्यो। अष्ट्रेलियाका मार्कस स्टोइनिस सबैभन्दा महंगो विदेशी अलराउन्डर भए, उनलाई पञ्जाब किंग्सले ११ करोडमा किन्यो।

३. अर्शदीप सबैभन्दा महंगा बलर
अर्शदीप सिंहलाई पञ्जाब किंग्सले १८ करोडमा किनेसँगै उनी सबैभन्दा महंगा बलर भएका छन्। यसअघि जोस हेजलवुड, जोफ्रा आर्चर र ट्रेन्ट बोल्ट सबैभन्दा महंगा विदेशी पेसर थिए। तीनैलाई विभिन्न टोलीले १२.५० करोडमा किने।

४. युजवेन्द्र सबैभन्दा महंगो स्पिनर
युजवेन्द्र चहललाई पञ्जाब किंग्सले सबैभन्दा धेरै १८ करोड भारु तिरेर किनेको थियो। रविचन्द्रन आश्विन पनि ९.७५ करोडमा बिक्री भए। अफगानिस्तानका नूर अहमदलाई चेन्नईले १० करोड रुपैयाँमा किन्यो। उनी सबैभन्दा महंगा विदेशी स्पिनर हुन्।

५. रसिख दार सबैभन्दा महंगो अनक्याप्ड खेलाडी
जम्मू कश्मीरका फास्ट बलर रसिख दारले आफ्नो आधार मूल्य भन्दा २० गुणा बढी रकम पाएका छन्। आरसीबीले दायाँ हाते तेज बलरलाई ६ करोडमा किन्यो। उनले आफ्नो आधार मूल्य ३० लाख रुपैयाँ राखेका थिए।

६. १३ वर्षीय वैभव सबैभन्दा कान्छो खेलाडी
१३ वर्षीय वैभव सूर्यवंशी राजस्थानले एक करोड १० लाख करोड भारुमा किनेको थियो। उनको आधार मूल्य ३० लाख रुपैयाँ थियो। योसँगै उनी आईपीएल इतिहासमा सबैभन्दा कान्छो खेलाडी समेत बनेका छन्। बिहारका एक खेलाडीले यो सिजनबाट आईपीएलमा डेब्यु गर्नेछन्। वैभवले अन्डर-१९ मा अस्ट्रेलियाविरुद्ध शतक बनाएका थिए। वैभवले १२ वर्षको उमेरमा प्रथम श्रेणीमा डेब्यु गरेका थिए।

७. दोस्रो पटक मात्र बिके सचिनका छोरा
सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरलाई दोस्रो पटकमा मात्र मुम्बई इन्डियन्सले आफ्नो टोलीमा समावेश गर्यो। अर्जुनलाई मुम्बईले ३० लाखको आधार मूल्यमा किने हो। भर्खरै अर्जुनले गोवाबाट घरेलु क्रिकेटमा खेल्दै ५ विकेट लिएका थिए।

८. टप पाँचमा परेका ठूला खेलाडी नै बिकेनन्
अक्सनमा कयौं ठूला खेलाडीहरू बिकेनन्। अष्ट्रेलियाका डेविड वार्नर र स्टीव स्मिथ, न्युजिल्यान्डका केन विलियम्सन र भारतीय अल अलराउन्डडर शार्दूल ठाकुर जस्ता खेलाडी समेत यसपटक कुनै टिमको हिस्सा बनेनन्। अफगानी पेसर नवीन उल हक पनि अनसोल्ड रहे।

मंसिर ११, २०८१ मंगलबार १५:०९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।