थलीमा सानिमा बैंकले नयाँ शाखा, मह जोडीद्वारा उद्घाटन
काठमाडौं : सानिमा बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५, स्थित थलीमा शाखा खोलेको छ।
कार्यालयको उद्घाटन आइतबार कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, ब्राण्ड प्रवर्धक महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य), बैंकका सञ्चालक लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरेका हुन्।
नगरप्रमुख कार्कीले सानिमा बैंकले नगरपालिकाको भवनमा शाखा विस्तार गरेकोमा कृतज्ञता व्यक्त गर्दै यस बैंक मार्फत स्थानीयमा सहज बैंकिङ सेवाको पहुँचबाट लाभान्वित हुने विश्वास व्यक्त गरे।
मह जोडीले सबल बैंकको रूपमा निरन्तर विस्तार हुनका लागि शुभकामना व्यक्त गरे।
सानिमा बैंकका सञ्चालक लक्ष्मीप्रपन्न निरौला तथा प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
देशका सातै प्रदेशमा १३४ वटा कार्यालय र १२४ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ।
मंसिर ११, २०८१ मंगलबार १३:०३:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।