बेलबारीमा कुमारी बैंकले गर्‍यो उद्यमी प्रशिक्षण कार्यक्रम

बेलबारीमा कुमारी बैंकले गर्‍यो उद्यमी प्रशिक्षण कार्यक्रम

मोरङ : युएसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले बेलबारी नगरपालिका, मोरङसँगको समन्वयमा बेलबारीका उद्यमीहरूको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम गरेको छ।

वित्तीय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको बैंकले यो अभियानमा सर्वसाधारणहरूको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमुलक भिडियोहरू, सचेतनामुलक सन्देशहरू विकास गरि नियमित रूपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

मंसिर ११, २०८१ मंगलबार १२:५३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।