इमरान खानका हजारौं समर्थक इस्लामाबाद पुगे, सरकारद्वारा सेना परिचालन

इमरान खानका हजारौं समर्थक इस्लामाबाद पुगे, सरकारद्वारा सेना परिचालन

एजेन्सी : पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)का कार्यकर्ताहरूले जेलमा थुनिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गरिरहेका छन्।

सोमबार नै पीटीआई कार्यकर्ताहरूको ठूलो र्याली इस्लामाबाद प्रवेश गरेको थियो। आन्दोलनकारीलाई रोक्न सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रदर्शनकारीहरूको लक्ष्य इस्लामाबादको डी-चोक पुग्नु हो।

इस्लामावाद प्रशासनले पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत कानून र व्यवस्था बहाल गर्न सेना परिचालन गरेको छ।

इस्लामाबादका उपायुक्त इरफान मेमनले बीबीसी संवाददाता शहजाद मलिकलाई यस कुराको पुष्टि गरेका छन्।

यसै वर्षको जनवरीमा इस्लामावादको एक अदालतले तोशाखाना मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय सुनाउँदै २० लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि लगाइएको छ।

मंसिर ११, २०८१ मंगलबार ०९:०३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।