सलोनसँगको सम्बन्धलाई करिष्माले भनिन् ‘विषालु’ रिलेसन, सार्वजनिक गरिन् सबै पिडा

सलोनसँगको सम्बन्धलाई करिष्माले भनिन् ‘विषालु’ रिलेसन, सार्वजनिक गरिन् सबै पिडा

काठमाडौँ : कुनै समय अभिनेत्री करिष्मा श्रेष्ठ अनि अभिनेता सलोन बस्नेतबीचको सम्बन्ध मनोरञ्जन क्षेत्रमा चर्चाको विषय थियो। एकाएक दुबैबीच ब्रेकअपले चर्चा पायो। सलोन वैवाहिक सम्बन्धमा गाँसिएर बाबुसमेत बनिसके।

सलोन आफ्नो पारिवारिक जीवनमा रमाइरहेका छन्। उता करिष्मालाई भने अहिलेसम्म पनि त्यही सम्बन्धले लखेटी रहेको छ। तत्काल ब्रेकअपपछिको केही समय ट्रोल भएको थियो। तर त्यो ट्रोल अहिलेसम्म जारी नै रहेको भन्दै उनले चित्त दुखाइन्।

ब्रेकअपपछिको केही समय त्यसलाई सामान्य रूपमा लिएको। तर केही समयपछि उतापट्टीको सामाजिक सञ्जालमा कस्ता प्रतिक्रिया आइरहेको छ भनेर अर्काको अकाउन्टबाट हेर्दा भने कुनै नकारात्मक प्रतिक्रिया नदेखेको भन्दै उनले एल्लो वर्क्स पडकास्टमा भनिन् ‘उ उसको लाइफमा गइसक्यो। के के भइसक्यो। मलाई अहिलेसम्म पनि त्यही कुरा दोहोर्याइरहने किन?’ उनले भने ‘ हालैको गोदावरी इभेन्ट्समा जाँदा पनि तपाई उसको यो हैन भनेर सोधे। रिस उठेर मेले त ‘हैन बहिनी हो’ भनिदिएँ।’

उनले आफ्नो पहिलाको सम्बन्धबारे सबैलाई थाहै भएको विषय भएको र अहिले भने दुवै अलग अलग भइसके पनि अझै आफूलाई ट्रोल गर्ने गरेको भन्दै चित्त दुखाइन्।

‘केटी नै गलत भने नि भन, तर केही समय हुन्छ नि भन्ने। उता मान्छे बच्चा जन्माएर के के भइसक्यो। मलाई भने अहिले पनि त्यही विषयमा कमेन्ट गरिरहेका छन्’ उनले कार्यक्रममा भनिन्।

कपडाले कहिल्यै व्यक्तिको छवि नबनाउने भन्दै उनले आफू सम्बन्धमा रहँदा कपडाबारे धेरै नै हस्तक्षेप भएको खुलाइन्। प्रेमीको अभिभावकले ‘यो केटीले छोटो कपडा लगाउँछ। त्यसैले यो राम्रो छैन भनेको’ सम्म खुलाइन्।

उनले कार्यक्रममा ब्रेकअपपछि ट्रोलहुँदाको अनुभव मात्र सुनाइनन्, रिलेसनको बेलाको सम्बन्ध पनि खुलाइन्। उनले जुन समयमा आफू सम्बन्धमा थिएँ त्यो बेलाको सम्बन्ध निकै टक्सिक (विषालु) रहेको बताइन्। कहाँ गएको, कस्तो कपडा लगाएकोसम्ममा नियन्त्रण हुने गरेको तर आफू सम्बन्ध जोगाउन जे भने पनि मान्ने स्वभावको भएको उनले दाबी गरिन्।

‘अन्डरवेयर के लगाएको छ भनेर देखाउनुसम्म पर्ने। थङ लगाएको छ भने किन त्यस्तो लगाएको, छोटो कपडा किन लगाएको, कुर्था सुरुवाल लगाऊ भनेर भन्ने। मेरै लागी होला नि त भनेर मैले पनि कत्ति कुर्था सुरुवाल किनेर ल्याएको,’ उनले भनिन्।

मंसिर १०, २०८१ सोमबार १५:१२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।