अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारत २९५ रनले विजयी

अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारत २९५ रनले विजयी

एजेन्सी : बोर्डर गावस्कर सिरिजको पहिलो टेस्ट खेलमा भारतले अष्ट्रेलियालाई पराजित गरेको छ।

अष्ट्रेलियाको पर्थमा खेलिएको खेलको पहिलो इनिङमा भारतले १५० रन बनाएको थियो। जसको जवाफमा अष्ट्रेलिया मात्र १०४ रनमो समेटिएको थियो।

त्यसपछि पुनः ब्याटिङमा उत्रिएको भारतले ४८७ रन बनाएपछि छोडेका थियो। त्यसपछि ५३४ रनको लक्ष्यको साथ मैदानमा आएको अष्ट्रेलिया २३८ रनमा अलआउट हुँदा भारतले पहिलो टेस्ट २९५ रनले जित्यो।

अष्ट्रेलियाको दोस्रो इनिङ्समा उसका लागि ट्रेभिस हेडले सबैभन्दा बढी ८९ रन बनाउँदा मिचेल मार्सले ४७ रन जोडे।

भारतको दोस्रो इनिङ्समा यशस्वी जयसवालले १६१ रन बनाउँदा विराट कोहलीले नटआउट १०० र केएल राहुलले ७७ रन जोडे।

यी दुई टोलीबीचको दोस्रो टेस्ट ६ डिसेम्बरमा शुरु हुनेछ।

मंसिर १०, २०८१ सोमबार १३:५४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।