कुशल भुर्तेल ब्याटर हुन् कि बलर छुट्याउनै गाह्रो : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा एभेन्जर्सका कप्तान कुशल भूर्तेल ब्याटर हुन् कि बलर भनेर छुट्याउन गाह्रो भएको बताएका छन्।
धरहरामा भएको ट्रफी सार्वजनिक कार्यक्रममा ओलीले कुशल भूर्तेल ब्याटर हुन् कि बलर भनेर छुट्याउन गाह्रो भएको बताएका हुन्।
उनले भने, ‘पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल ब्याटर हुन् कि बलर छुट्याउनै गाह्रो हुने उनको कौशल छ। विश्वले नै छुट्याउन सक्या छैन जस्तो लाग्छ मैले मात्र हैन। यसपटक ९९ मा आउन हुन नपरोस्। शतक हान्नु भन्ने मेरो शुभकामना छ।’
यसका अलावा उनले लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको नाम सुन्नेबित्तिकै आफूलाई गर्व लाग्ने बताए।
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने नेपाली क्रिकेटकै ब्रान्ड एम्बेसडर भएको भन्दै उनले कर्णाली याक्सका कप्तान सोमपाल कामीको योर्करलाई कसैले भुल्न नसक्ने बताए।
नेपाली क्रिकेट टिमले अर्को टी२० विश्वकप खेल्नेमा उनले विश्वास व्यक्त गरे।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा सर्वाधिक रन हान्ने खेलाडी शिखर धवन नेपालमा आउनु गर्वको विषय भएको बताए।
यसको अलावा उनले आफ्नो फेभरेट खेलाडी दीपेन्द्रसिंह ऐरी भएको बताए।
मंसिर १०, २०८१ सोमबार ०९:५१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।