दुई वर्ष क्यानडा बसेर फर्किएका श्रीमान्-श्रीमती सिनामंगलको एक होटलमा झुन्डिएको अवस्थामा भेटिए

दुई वर्ष क्यानडा बसेर फर्किएका श्रीमान्-श्रीमती सिनामंगलको एक होटलमा झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं : काठमाडौंको सिनामंगलस्थित होटल जन्मभूमिको कोठामा मृत भेटिएका दुईजना श्रीमान्-श्रीमती भएको खुलेको छ। मृत भेटिनेमा सुनसरी, दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी छन्। 

प्रहरीका अनुसार उनीहरू दुवै जना शनिबार मात्र क्यानडाबाट नेपाल फर्किएको खुलेको छ। प्रहरीले भेटाएको उनीहरूका पासपोर्ट अनुसार सन् २०२२ मा माझी दम्पती क्यानडा उडेको खुलेको छ।

दुई वर्ष क्यानडा बसेर नेपाल फर्किएका उनीहरू आइतबार बिहान होटल जन्मभूमिमा झुन्डिएको अवस्थामा उनीहरू मृत भेटिएका हुन्।

उनीहरू होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए।

उनीहरूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिन्छ। माझी दम्पती शनिबार करिब ७ बजे होटल पुगेर चौथो तलाको १२० नम्बर कोठामा बसेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए। 

मंसिर ९, २०८१ आइतबार १३:५७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।