रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदै

रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदैछ। आइतबार म्याद थपका लागि प्रहरीले लामिछानेलाई कास्की अदालतमा पेस गर्न लागेको हो।

सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएको थियो। 
 
म्याद थप भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाउने छ। 

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा उनी गत कात्तिक २ मा पक्राउ परेका थिए । 

त्यसअघि पोखराको सूर्यदर्शन सहकारीबाट करिब ५ करोड रूपैयाँ गोर्खा मिडियामा गएको भन्दै मिडियाका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, कुमार रम्तेल लगायत विरुद्ध उजुरी परेको छ।

संसदीय छानबिन विशेष समितिले पनि उनीहरुलाई दोषी देखाउँदै थप अनुसन्धानका लागि सिफारिस गरेको थियो। समितिको सिफारिस लगत्तै रवि र छविलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ भने जीबी फरार छन्।

रास्वपाले भने लामिछानेको पक्राउलाई राजनीतिक प्रतिसोध भएको दाबी गर्दै आएको छ। 

मंसिर ९, २०८१ आइतबार ०९:३८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।