धितोपत्र बोर्डको अध्यक्ष चयन : तीन जनाको अन्तर्वार्ता आज
काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै छ।
आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीन जनासँग आज बिहान ८ बजे पुनः अन्तर्वार्ता लिन लागिएको हो।
अध्यक्ष सिफारिस समितिले नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई आज अन्तर्वार्ता प्रस्तुतीकरणका निम्ति बोलाएको हो।
गएको असोज १८ मा उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो।
मंसिर ९, २०८१ आइतबार ०८:११:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।