प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)
काठमाडौं : प्यालेस्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरूद्ध संयुक्त अभियान नेपालले वृहत् बानेश्वर मार्च र जनसभामा गरेको छ।
उक्त विरोध र्याली माइतीघरमण्डलाबाट बिजुली बजार हुँदै पुनः माइतीघरमण्डलामा आएर कोणसभामा परिणत भएको थियो।
मार्चको क्रममा उनीहरुले प्यालेस्टाइनमा नरसंहार बन्द गर, युद्ध विराम तुरून्त घोषणा गर, युद्धका व्यापारीहरू मुर्दाबाट, इजरायललाई हतियार दिन बन्द गर, शक्ति भयो भन्दैमा प्यालेस्टाइन निल्न पाइदैँन, प्यालेस्टाइन र इजरायल बीचको युद्ध बन्द गर, मनमा थोरै मानवता बोक युद्ध, अपराध तुरून्त रोक र फ्रि प्यालेस्टाइनको नारा लगाएका थिए।
मंसिर ८, २०८१ शनिबार २०:०३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।