अरूण नदीमा पूजा गर्ने क्रममा चिप्लिएर ४८ वर्षीय पुरूष बेपत्ता, खोजी कार्य जारी

अरूण नदीमा पूजा गर्ने क्रममा चिप्लिएर ४८ वर्षीय पुरूष बेपत्ता, खोजी कार्य जारी
फाइल

काठमाडौं : संखुवासभाको अरूण नदीमा पूजा गर्ने क्रममा एकजना बेपत्ता भएका छन्।

चैनपुर नगरपालिका-११ खहरेस्थित अरूण नदीमा पूजा गर्ने क्रममा त्यही वडाका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्स्पेक्टर रामकुमार लामिछानेले बताए।

उनका अनुसार शनिबार दिउँसो अरूण नदीमा पूजा गर्दा चिप्लिएर जिमी बेपत्ता भएका थिए। 

बेपत्ता भएका जिमीको सशस्त्र प्रहरी र स्थानीयले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

जिमीसहित परिवारका ६ जना अरूण नदीमा गएका थिए। शनिबार साँझसम्म पनि जिमीको शव फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

मंसिर ८, २०८१ शनिबार १९:११:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।