काठमाडौंका छुट्टाछुट्टै स्थानमा तीन पुरूष मृत अवस्थामा भेटिए
काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा तीन जना पुरूष मृतावस्थामा फेला परेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर बताउने ५२ वर्षीय नर बहादुर राई शनिबार मृत अवस्थामा भेटिएका छन्।
यसैगरी टोखा नगरपालिका-१० खरिबोटस्थित सत्कार खाजा पसल सञ्चालन गरी बस्ने धरान घर भएका ५५ वर्षीय अर्जुन कुमार राई सोही पसलको सटर अगाडि शनिबार मृत अवस्थामा फेला परेका छन्।
काठमाडौंकै दक्षिणकाली नगरपालिका-६ दक्षिणकाली सांस्कृतिक क्षेत्र सुधार समितिको वन जंगलको पानी ट्याङ्की नजिक खोल्सामा अन्दाजी ६० वर्षीय पुरूष पनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनको पहिचान खुल्न बाँकी छ।
मंसिर ८, २०८१ शनिबार १८:२६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।