बिरामी बुवालाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगे प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बुवा मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
आज महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहेका बुवाको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले जानकारी लिए।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, 'बुवालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ, अहिले स्वास्थ्य स्थिति सामान्य छ।'
मंसिर ८, २०८१ शनिबार १५:५३:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।