भारत : झारखण्डको विधानसभा निर्वाचनमा भाजपा र जेएमएमको प्रतिस्पर्धा, कांग्रेस पछिपछि
एजेन्सी : झारखण्डको विधानसभाका ८१ सीटका लागि नोभेम्बर १३ र २० मा सम्पन्न निर्बाचनको मतगणना शुरू भएको छ।
प्रारम्भिक मतगणना अनुसार झारखण्डमा भारतीय जनता पार्टी (बिजेपी) र झारखण्ड मुक्तिमोर्चा (जेएमएम) बीच प्रतिस्पर्धा हुने देखिएको छ।
प्रारम्भिक मतगणना अनुसार भारतीय कांग्रेस सहभागी जेएमएम गठबन्धनले ५१ सीटमा अग्रता लिएको छ भने भाजपा नेतृत्वको गठबन्धनले २९ सीटमा अग्रता लिएको छ। एक सीटमा अल झारखण्ड स्टुडेन्ट्स यूनियन (आजसू)ले अग्रता लिएको छ।
जेएमएम गठबन्धनभित्र जेएमएमको २९, भारतीय काङ्ग्रेसको १५ सीटमा अग्रता देखिएको छ।
मंसिर ८, २०८१ शनिबार १५:३८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।