जरिवानापछि बालेनप्रति एमाले महासचिवको आक्रोश, भने- ‘मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी’

जरिवानापछि बालेनप्रति एमाले महासचिवको आक्रोश, भने- ‘मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी’

काठमाडौं : काठमाडौं महानगरपालिकाले दरबारमार्गमा आयोजित एमालेको जागरण सभाका क्रममा भएको फोहोरका लागि एक लाख जरिवाना लगाएपछि एमाले महासचिव शंकर पोखरेल मेयर बालेन्द्र शाह बालेनप्रति आक्रोश पोखेका छन्।

शुक्रबारको सभामा जरिवानाको पर्चा जारी गरिएको विषयमा महासचिव पोखरेलले मेयर बालेनलाई एमालेविरोधी गतिविधिमा सक्रिय भएको आरोप लगाएका छन्।

कार्यक्रम समापन भएपछि आयोजककै तर्फबाट फोहोर संकलन गरिँदै गरेको दाबी गर्दै उनले महानगरलाई फोहोर उठाउनका लागि सहयोग गर्न अनुरोध गरिएको बताए।

यद्यपि कार्यक्रम चार बजे सकिएको भए पनि साँझ साढे सात बजेसम्म पनि फोहोर उठेको थिएन।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘कार्यक्रमस्थल सफा भइरहेको अवस्थामा पनि जरिवानाको पर्चा पठाइनुले मेयर बालेनको प्राथमिकता सरसफाइ नभएर प्रचारबाजीमा रहेको देखिन्छ।’

मंसिर ८, २०८१ शनिबार ०९:३४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।