काठमाडौंका यी स्थानमा आज पाँचदेखि सात घण्टा विद्युत् अवरूद्ध हुने

काठमाडौंका यी स्थानमा आज पाँचदेखि सात घण्टा विद्युत् अवरूद्ध हुने

काठमाडौं : काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार पाँचदेखि सात घण्टासम्म विद्युत् अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्यूरोड फिडर, महाबौद्ध फिडर र कालीमाटी फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा बिहानदेखि अपराह्नसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ।

न्युरोड फिडर अन्तर्गत पर्ने संकटा, न्युरोड गेट, पिपल बोट, गोरखा पत्र संस्थान, भूगोल पार्क, दमकल गेट, वसन्तपुर डवली, झोसे, ओमबहाल, हनुमानढोका लगायतका क्षेत्रमा बिहान साढे आठ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुनेछ।

त्यस्तै महाबौद्ध फिडर अन्तर्गत पर्ने महाबौद्ध सवस्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सव स्टेशनभित्र, विशाल बजार अगाडि, गणेश स्थान ट्रमा हस्पिटल पछाडि केबुल हेडसम्म बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।

कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ्ग हुँदै हनुमन्त भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटल अगाडि, टंगाल, भुरुङ्गखेल क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत प्राधिकरणले जनाएको छ।

ती क्षेत्रहरूमा बाङ्गो पोल सिधा गर्ने र जीर्ण भएका पोल तथा ट्रान्सफर्मर बदली गर्नका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ।

मंसिर ८, २०८१ शनिबार ०९:२८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।