दरबारमार्गमा फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना गरायो

दरबारमार्गमा फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना गरायो

काठमाडौँ : उप-मेयरसमेत सहभागी एमालेको सभामा फोहोर गरेर सफा नगरेको भन्दै काठमाडौँ महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गराएको छ।

शुक्रवार दरबारमार्गमा एमालेले आयोजना गरेको सभाका सहभागीहरूले सडक तथा पेटीहरूमा फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिवाना गर्दै पत्र पठाएको हो।

शुक्रवार आयोजक सभामा काठमाडौँ महानगरपालिकाकी उप मेयर सुनिता डङ्गोल समेत सहभागी भएकी थिइन्

महानगरको पत्रमा फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८१ अनुसार सार्वजनिक स्थलमा कार्यक्रम गर्दा फोहोर तथा वातावरण प्रदूषण गराएको भन्दै एक लाख रुपैयाँ जरिवाना गरिएको उल्लेख छ। पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछाले हस्ताक्षर गरेका छन्।

मंसिर ७, २०८१ शुक्रबार २१:४७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।